प्रतिनिधि सभा बैठक बस्दै

प्रतिनिधि सभा बैठक बस्दै

२०८०, आषाढ २५ सोमवार

  • 533
    SHARES

  • प्रतिनिधि सभा बैठक बस्दै

    काठमाडौँ । आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक अपराह्न ३ बजे संसद भवन, नयाँ वानेश्वरमा बस्ने छ ।

    आजको बैठकबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८० पारित गर्ने कार्यसूची छ।

    त्यस्तै ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठले दिएको विरोधको सूचनाहरूलाई निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

    त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्नेछन्।

    आजकै बैठकमा उनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी कानुनमन्त्री गुरुङले प्रस्ताव पेस गर्नेछन्।

    त्यसपछि उक्त विधेयकमाथि प्राप्त संसाधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी विधेयक पारितका लागि प्रस्ताव गरिनेछ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने सम्भावना छ। 
    यद्यपि एमालेको अवरोध भने जारी रहेको छ । 

    २०८०, आषाढ २५ सोमवार०७:३७:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार