काठमाडौं । नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठलाई आर्थिक अपचलनको गम्भिर आरोप लागेको छ ।
प्रेस चौतारी पुर्व अध्यक्ष तथा वरिष्ठ संचारकर्मी गगन विष्टले गृहमन्त्री नारायण काजी श्रेष्ठले कमानसिंह लामाबाट करोडौं रुपयाँ लिएर लामालाई भिखारी बनाएको आरोप लगाएका छन् । त्यस्तै केही समय अगाडी मात्र विदेशमा पुगी एक हाइड्रो पावरबाट नाजायज फाईदा लिएको आरोप पनि विष्टले लगाएका छन् ।
श्रेष्ठ आफु भने आर्थिक अपराध गरेको आरोपमा मुछिने तर अन्य पार्टीका नेता तथा कार्यकर्तालाई दुरासयपूर्ण भ्रष्टाचारको मुद्धा लगाएर जेल हाल्ने धम्की दिएकामा समेत संचारकर्मी विष्टको आपत्ति रहेको छ ।
नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली कांग्रेस र एमालेका नेता कार्यकर्तालाई छानीछानी कारवाही गर्दै वाहवाही कमाएका श्रेष्ठका पछिल्ला गतिविधिमा भने प्रश्नहरु उठेका छन् ।
यस सम्बन्धमा केही समय अगाडी अन्नपूर्ण पोस्टले समेत सिलसिलेवर रुपमा समाचार नै प्रकाशन गरेको थियो ।
