भानु जयन्तीका अवसरमा शुक्रबार सार्वजनिक बिदा

भानु जयन्तीका अवसरमा शुक्रबार सार्वजनिक बिदा

२०८०, आषाढ २६ मंगलवार

  • 621
    SHARES

  • भानु जयन्तीका अवसरमा शुक्रबार सार्वजनिक बिदा

    गण्डकी । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले बिदा दिएको छ ।

    गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आज सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ ।

    उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा “गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, भनिएको छ ।

    २०८०, आषाढ २६ मंगलवार०९:१८:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार