बुटवलका प्रमुखको स्टन्ट: अभिभावक ठगिएपछि किताब, कापी र पोशाक किन्दा पसल नतोक्न र भर्ना शुल्क वृद्धि नगर्न निर्देशन

बुटवलका प्रमुखको स्टन्ट: अभिभावक ठगिएपछि किताब, कापी र पोशाक किन्दा पसल नतोक्न र भर्ना शुल्क वृद्धि नगर्न निर्देशन

२०८०, आषाढ २७ बुधवार

  • 781
    SHARES

  • बुटवलका प्रमुखको स्टन्ट: अभिभावक ठगिएपछि किताब, कापी र पोशाक किन्दा पसल नतोक्न र भर्ना शुल्क वृद्धि नगर्न निर्देशन

    बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउने भन्दै स्टन्टबाजी गरेका छन् । 

    मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा सस्तो लोकप्रियताका लागि विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिए। 

    ‘विद्यालयले किताब, कापी र पोशाक बेच्ने र आफूअनुकुलका पसलहरुबाट खरिद गर्नका लागि सिफारिश गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला,’ उनले छलफलका क्रममा भने । 

    शैक्षिक शत्र शुरुहुनु भन्दा अगावै निर्देशन तथा नियमन हुनु पर्नेमा किताब कापी किन्ने, भर्ना गर्ने लगाएतका कार्य सम्पन्न हुनै लाग्दा देखाउनका लागि मात्र निर्देशन आएको देखिएको अभिभावकले बताएका छन् । 

    २०८०, आषाढ २७ बुधवार०७:५८:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार