कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि, समिति बस्नु अघि शीर्ष नेताको बैठक

कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि, समिति बस्नु अघि शीर्ष नेताको बैठक

२०८०, आषाढ २७ बुधवार

  • 685
    SHARES

  • कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि, समिति बस्नु अघि शीर्ष नेताको बैठक

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ ।

    केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने छ ।

    त्यसअघि बैठकका एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरुको बैठक बस्ने छ । देउवाले बिहान नौ बजे शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।

    शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने नेपाली कांग्रेस स्रोतले जनाएको छ । 

    कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई-दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो ।

    गत वर्ष कांग्रेसको कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।

    त्यस यता कुनै महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा सभापति देउवाले निर्णय लिए पश्चात पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट अनुमोदन गर्दै आएका थिए ।

    २०८०, आषाढ २७ बुधवार०८:३९:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार