काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगबाट पीडित दाहालको बुधबार विहान साढे ८ बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।
उनको स्वास्थ्य झन गम्भीर बनेपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
दाहाललाई पार्किन्सनजस्तो देखिने एक प्रकारको जटिल रोगले लामो समयदेखि सताएको थियो । दाहाललाई देखिएको जटिल रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि सीताको उपचार भारत, सिंगापुरलगायतका देशमा पनि गरिएको थियो ।
यस विषयमा अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।