कुन प्रदेशमा भइरहेको छ मनसुनी वर्षा ?

कुन प्रदेशमा भइरहेको छ मनसुनी वर्षा ?

२०८०, आषाढ २९ शुक्रवार

  • 689
    SHARES

  • कुन प्रदेशमा भइरहेको छ मनसुनी वर्षा ?

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सददर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजि) अवस्थित रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुकासाथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षासमेत भएको छ ।

    आज कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    २०८०, आषाढ २९ शुक्रवार०८:००:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार