काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् ।
अन्तिम मत परिणाम अनुसार भट्टराईले २३८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विष्णुहरी पाण्डेले १४६ मत प्राप्त गरेका हुन्।
आज साँझ सम्पन्न निर्वाचनले भट्टराई नेतृत्वको प्यानलले अधिकांश पदमा विजयी हासिल गरेको हो ।
निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा लक्ष्मण पौडेल, भुवनबहादुर क्षेत्री र गीता शिवाकोटी निर्वाचित भएका छन् त्यस्तै, महासचिवमा दिपकराज भुसाल, सचिवद्धयमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराई, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः आशिक कार्की र विकल्प राज पोखरेल निर्वाचित भएका छन् ।
त्यसैगरि सदस्यहरुमा साधान पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशि प्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी निर्वाचित भएका आयोगले जनाएको छ ।

