पशुपतिनाथमा दर्शनार्थीको घुइँचो, आज साउने सोमबार र औंशी एकैदिन 

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो, आज साउने सोमबार र औंशी एकैदिन 

२०८०, श्रावण १ सोमवार

  • 969
    SHARES

  • पशुपतिनाथमा दर्शनार्थीको घुइँचो, आज साउने सोमबार र औंशी एकैदिन 

    काठमाडौँ । पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबारका दिन दर्शनार्थीको अत्याधिक घुईँचो देखिएको छ ।

    दर्शनार्थी व्यवस्थापनका लागि सुरक्षा, स्वयंसेवक, स्वास्थ्य शिविर र खानेपानीलगायतका सम्पूर्ण तयारी चुस्तदुरुस्त पारिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते कै दिन औंशी समेत परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको छ । 

    12.jpg

    जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पशुपति संस्कृति शंरक्षण महाशाखा प्रमूख गौरीशंकर पराजुलीले बताए । प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिईरहेका छन् । 

    महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

    साउनको सोमबार रु सात हजार पाँच सयभन्दा कमको विशेष पूजा नगराइने पनि महाशाखा प्रमुख पराजुलीले बताए । यसैगरी वासुकीनाथको मन्दिरमा रु तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइने छैन ।

    15.jpg

    एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको छ । त्यसभन्दा बढीलाई सोमबार पूजा गराउन नसकिने कोषले जनाएको छ ।

    साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाएका छन् । साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ ।

    13.jpg

    २०८०, श्रावण १ सोमवार०७:५२:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार