काठमाडौं । २०७९ सालको एसईई नतिजासँगै करिव ५ लाख विद्यार्थी हाल शहरका गल्लीगल्लीमा उत्साह र उत्सुकताका साथ अनौपचारिक लवजमा हातमा मोबाईल नचाउँदै, सेल्फी खिच्दै दौडिरहेका भेटिन्छन् । लाग्छ कुनै ठूलै पर्व या मेला भर्न यसरी नौ जवान युवायुवतीहरु मस्किँदै दौडिरहेका छन् ।
शायद शैक्षिक शत्रका बारेमा ख्याल नगर्ने मानिसले भन्दा हुन्, गाउँघरबाट शहर घुम्न आएका केटाकेटीले बाटै छाड्दैनन् । कस्तो रमाईलो उमेर हो, न कसैको डर छ त न कसैको कर । एकशुरमा लामै म्याराथन जित्न व्याकुलताका साथ पाईला चालिरहेका छन् ।

यिनै पाईला चाल्दै गरेका एक हुल युवायुवती महाँकालको बाटो हुँदै सरासर चुच्चेपाटी स्थित मनास्लु कलेज प्रवेश गर्छन् । गार्डको विनयीभावले मन्त्रमुग्ध बनेका युवायुवती रिसेप्सनमा पुगेर आफ्नो जिपिए बताउँछन् । उक्त जिपिएलाई दिइएको छात्रवृत्ति सुनेपछि मख्ख बनेका युवायुवती कलेजका अध्यक्ष गेन्द्र लामाको अफिसमा पुग्छन् ।
लामाको दोसल्ला सहितको मिठो मुस्कानका साथ पाएको कलेजको पुर्ण जानकारी र छोटो समयमा पनि गुणस्तरिय प्रगतिका गाथा सुनेर विद्यार्थीहरु मन्त्रमुग्ध देखिन्थे । कक्षा ११ र १२ मा मानविकी, व्यवस्थापन र विज्ञान विषयमा उच्च स्तरको अध्यापन गराएरै आईएसओ नौ हजार १ (ISO-9001:2015) प्राप्त गरेकामा लामा आफैँ पनि निकै प्रफुल्लित देखिन्थे ।

पछिल्लो समयमा काठमाडौं महानगरपालिकाले शिक्षामा देखिएको विकृति र विसंगति विरुद्ध सिलसिलेवर अभियान नै छेडेकामा धेरै कलेजमा विद्यार्थी नै पुगेका छैनन् । तर सर्वसुलभ रुपमा जनताको रोजाईको कलेज बनाउने सोचका साथ होमिएका हामी जस्ता युवालाई सबैले रुचाउनु हुनेछ लामाले भनेका छन् ।
कलेज छान्न धेरै पाईला हिँडियो, टिकटक बनाईयो, फोटा खिचियो । तर मनास्लुको पढाई, अतिरिक्त क्रियाकलाप र जोशिलो जिवनोपयोगी काउन्सेलिंग उच्च स्तरको पाएको विद्यार्थीले बताएका छन् ।