आजदेखि महिला विश्वकप फुटबल : यी हुन् विश्वकप खेल्ने देश

आजदेखि महिला विश्वकप फुटबल : यी हुन् विश्वकप खेल्ने देश

२०८०, श्रावण ४ बिहिवार

  • 969
    SHARES

  • आजदेखि महिला विश्वकप फुटबल : यी हुन् विश्वकप खेल्ने देश

    काठमाडौँ । महिला विश्वकप फुटबल आजदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुँदै छ । यी दुवै देशले संयुक्त आयोजनाको जिम्मेवारी पाएको विश्वकप अब ठ्याक्कै एक महिना चल्नेछ । महिला विश्वकप आज दुई स्थानमा उद्घाटन हुँदै छ ।

    अस्ट्रेलियाको सिड्नीस्थित ‘स्टेडियम अस्ट्रेलिया’ र न्युजिल्यान्डको इडन पार्कमा उद्घाटन हुँदैछ । सिड्नीस्थित ‘स्टेडियम अस्ट्रेलिया’ मा आयोजक टिम अस्ट्रेलियाले रिपब्लिक अफ आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दा इडन पार्कमा अर्को आयोजक टिम न्युजिल्यान्डले नर्वेसँग खेल्ने छ ।

    विभिन्न कार्यक्रमसहित भव्य उद्घाटन हुने खेल स्थानीय समयअनुसार राति ८ बजे सुरु हुने छ । घरेलु टिम अस्ट्रेलिया आफ्नो पहिलो खेलमा नै जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । तुलनात्मक रूपमा अस्ट्रेलिया रिपब्लिक अफ आयरल्यान्ड भन्दा बलियो टिम हो । त्यस्तै, न्युजिल्यान्ड पनि आफ्नो पहिलो खेलमा जित निकाल्दै राम्रो सुरुवात गर्ने लक्ष्यमा छ । यता, न्युजिल्यान्डलाई हराउने रणनीतिमा नर्वे छ ।

    समूह विजेता र उपविजेता टिम नकआउट अर्थात प्रिक्वार्टर फाइनलमा प्रवेश गर्नेछन् । अन्तिम १६ का खेलहरू अगस्ट ५ तारिखबाट सुरु हुने छन् । अगस्ट १५ र १६ तारिखमा सेमिफाइनल खेल हुने छन् । फाइनल खेल भने २० अगस्टमा सिड्नीस्थित ‘स्टेडियम अस्ट्रेलिया’ मा हुनेछ । यो पटकको विश्वकप जित्न सक्ने दाबेदार टिमका रूपमा डिफेन्डिङ च्याम्पियन अमेरिकासँगै जर्मनी, ब्राजिल फ्रान्स, इंग्ल्यान्ड, नेदरल्यान्ड्स रहेका छन् ।

    समूह : 

    समूह ‘ए’

    न्युजिल्यान्ड, नर्वे, फिलिपिन्स र स्वीट्जरल्यान्ड

    समूह ‘बी’

    अस्ट्रेलिया, रिपब्लिक अफ आयरल्यान्ड, नाइजेरिया र क्यानाडा

    समूह ‘सी’

    कोस्टारिका, जापान, स्पेन र जाम्बिया

    समूह ‘डी’

    चीन, डेनमार्क, इंग्ल्यान्ड र हाइटी

    समूह ‘ई’

    नेदरल्यान्ड्स, पोर्चुगल, अमेरिका र भेयतनाम

    समूह ‘एफ’

    ब्राजिल, फ्रान्स, जमैका र पानामा

    समूह ‘जी’

    अर्जेन्टिना, इटाली, दक्षिण अफ्रिका र स्वीडेन

    समूह ‘एच’

    जर्मनी, कोलम्बिया, दक्षिण कोरिया र मोरक्को

    २०८०, श्रावण ४ बिहिवार०७:५१:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार