कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, नेताहरूले धारणा राख्ने क्रम जारी

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, नेताहरूले धारणा राख्ने क्रम जारी

२०८०, श्रावण ५ शुक्रवार

  • 741
    SHARES

  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, नेताहरूले धारणा राख्ने क्रम जारी

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दै छ। बैठक आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।

    करिब १ वर्षपछि बसेको कांग्रेसको बैठकमा नेताहरूले निरन्तर आफ्नो धारणा राख्नेक्रम जारी छ।

    बैठकमा महामन्त्री द्वय : गगन थापा र विश्वप्रकाश शर्माले १० वटा एजेन्डा र वार्षिक कार्यतालिकासहित प्रतिवेदन पेस गरेका थिए।

    मंगलबार पहिलो बैठकमा प्रस्तुत भएका एजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बुधबारदेखि धारणा राख्न सुरु गरेका हुन्।

    बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए। बिहीबारको बैठकमा ३५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए।

    २०८०, श्रावण ५ शुक्रवार०८:५६:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार