काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा शनिबार विद्युत् वितरण प्रभावित हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको हुँदा बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत् प्रभावित हुने भएको हो।
प्राधिकरणले ती क्षेत्रमा निर्धारित समयअघि नै काम सकेर लाइन सुचारु गर्ने प्रयास रहने जानकारी गराएको छ।
