पुल्चोक । नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले एकीकृत पाठ्यक्रम तथा मूल्यांकन (कक्षा १-३) महिला शिक्षक कार्यशाला सम्पन्न गरेको छ ।
श्रावण ४ र ५ गते ललितपुरमा सम्पन्न कार्यशालामा संगठनका राष्ट्रिय समितिका महिला विभागका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, सातै प्रदेशका उपाध्यक्ष महिला, बागमती तथा गण्डकी प्रदेशका जिल्ला उपाध्यक्ष (महिला) र राष्ट्रिय पारषद महिला सहितको दुई दिवसीय कार्यशाला अत्यन्तै फलदायी बनेको राष्ट्रिय समिति उपाध्यक्ष तथा महिला विभाग संयोजक कमला थापाले बताइन् ।

कार्यशालामा एकिकृत पाठ्यक्रमको सन्दर्भ, आवश्यकता, नेपाली भाषा तथा प्रारम्भिक कक्षा पठन शिक्षण एवं सिकाई उपलव्धीलाई रचनात्मक ढंगले प्रस्तुत गरिएको थियो ।
त्यस्तै, मूल्यांकन व्यवस्था तथा एकिकृत पाठ्यक्रमको शैक्षणिक रणनीतिहरुले सिकाईमा थप टेवा पुगेको महिला शिक्षकहरुले महशुस गरेका राष्ट्रिय समिति सचिव अम्बिका चापागाईँले बताइन् । बाल गित तथा आर्ट एण्ड क्राफ्टकी विज्ञ कमला थापा सहितको प्रशिक्षणमा चलेको कार्यक्रममा ६० जना महिला शिक्षकहरु लाभान्वित भएका थिए ।

महिला विभागको रचनात्मक कार्यक्रमलाई सम्पूर्ण पदाधिकारी, केन्द्रिय सदस्य तथा संगठनका अध्यक्ष विष्णु भण्डारी लगाएतले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।


