आज देशैभर हल्का देखि मध्यम वर्षाको सम्भावना 

आज देशैभर हल्का देखि मध्यम वर्षाको सम्भावना 

२०८०, श्रावण ८ सोमवार

  • 705
    SHARES

  • आज देशैभर हल्का देखि मध्यम वर्षाको सम्भावना 

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

    सोमबार  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

    मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०८०, श्रावण ८ सोमवार०७:४७:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार