बौद्धनाथ क्षेत्र विकास समितिद्वारा ट्राफिक सामग्री हस्तान्तरण

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा ट्राफिक सामग्री हस्तान्तरण

२०८०, श्रावण ९ मंगलवार

  • 1.1K
    SHARES

  • बौद्धनाथ क्षेत्र विकास समितिद्वारा ट्राफिक सामग्री हस्तान्तरण

    बौद्ध । श्री बौद्धनाथ क्षेत्र विकास समितिले ट्राफिक ब्यवस्थापनमा सहयोग पुगोस भनेर ट्राफिक प्रहरी वृत बौद्धलाई ट्राफिक संकेत वोर्ड सहितका सामग्री प्रदान गरेको छ । शुक्रबार श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले करिब तीन लाख रुपैया बराबरको सामग्री ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेललाइ हस्तान्तरण गरेका थिए ।

    बाटोमा गुड्ने सवारीहरुको सहजता, दुर्घटना न्यूनीकरण र सचेतनाका लागि उक्त सामग्री प्रदान गरिएको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराएका छन् । उनले उक्त ट्राफिक व्यवस्थापन सामग्रीहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्दै प्रदान गरिएको सामग्रीको उचित प्रयोग गर्न अनुरोध गरेका थिए ।

    ट्राफिक प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेलले सहयोगको लागि धन्यवाद दिदै उक्त सामग्री तथा संकेत बोर्डहरु जडान पश्चात सड्क प्रयोगकर्ताहरुमा सचेतना अभिबृद्दि हुने तथा सवारी दुर्घटना र त्यसबाट हुने क्षती न्यूनिकरण  सहयोग पुग्ने  बिश्वास ब्यक्त गरेका थिए ।

    उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्ती माया तामाङ, श्री बौद्धनाथ  क्षेत्र विकास समितिका सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपतिनाथ (श्याम) खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ सहित ट्राफिक प्रहरीहरुको उपस्थिति रहेको थियो ।

    २०८०, श्रावण ९ मंगलवार०९:२२:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार