कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले जवाफ दिँदै 

कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले जवाफ दिँदै 

२०८०, श्रावण १० बुधवार

  • 793
    SHARES

  • कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले जवाफ दिँदै 

    काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार पनि बस्दै छ।

    आज दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने आजको बैठकमा सभापति शेरबहादुर देउवाले जवाफ दिने तयारी रहेको छ।

    गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए। यस्तै सोमबारदेखि पार्टीका पदाधिकारीहरूले आफ्नो धारणा राखेका थिए।

    आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा र छलफलका विषयलाई निष्कर्ष दिने तयारी छ। बैठकमा सभापति शेरबहादुर देउवाले तीनै सदस्यहरूका सवालमा जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ।

    सोमबार उपसभापति द्वयस् पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ(आफ्नो धारणा राखेका थिए।

    २०८०, श्रावण १० बुधवार०७:५४:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार