एमालेका सबै प्रदेश कमिटीको अधिवेशन तय, उपत्यका विशेष प्रदेशको असोजमा

एमालेका सबै प्रदेश कमिटीको अधिवेशन तय, उपत्यका विशेष प्रदेशको असोजमा

२०८०, श्रावण ११ बिहिवार

  • 813
    SHARES

  • एमालेका सबै प्रदेश कमिटीको अधिवेशन तय, उपत्यका विशेष प्रदेशको असोजमा

    काठमाडौं । नेकपा (एमाले) ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

    सम्बद्ध प्रदेश कमिटीको बैठकले आ-आफ्ना प्रदेशको अधिवेशन तोकेका हुन् । कोशी प्रदेशको आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौंमा अधिवेशन हुने गौतमले बताए ।

    लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशन तोकिएको छ । गण्डकी प्रदेशले यही साउन २२ गते बस्ने बैठकले अधिवेशन तोक्नेछ ।

    पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने एमाले पार्टी कार्यालयले जनाएको छ ।

    एक वर्षभित्र प्रदेश, जिल्ला र पालिका तहको अधिवेशन सक्ने तयारीमा एमाले लागेको छ । माघमा स्थानीय तह र चैतमा जिल्ला कमिटीको अधिवेशन गर्ने लक्ष्य छ ।

    त्यस्तै विशेष क्षेत्रमा काम गर्न निर्माण गरिएको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन असोज ११ र १२ गते काठमाडौंमा हुने एमालेले बताएको छ । 

    २०८०, श्रावण ११ बिहिवार१०:३५:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार