शिक्षक संगठनले जित्यो निजामती कर्मचारी संगठन सहिद स्मृति कप फुटसल उपाधि

शिक्षक संगठनले जित्यो निजामती कर्मचारी संगठन सहिद स्मृति कप फुटसल उपाधि

२०८०, श्रावण १५ सोमवार

  • 4.5K
    SHARES

  • शिक्षक संगठनले जित्यो निजामती कर्मचारी संगठन सहिद स्मृति कप फुटसल उपाधि

    काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनद्वारा आयोजित सहिद स्मृति कप फुटसलको उपाधी नेपाल राष्ट्रिय शिक्षक संगठनले जितेको छ । 

    राष्ट्रसेवाको दौरान जिवन आहुति दिने सहिद मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विकको स्मृतिमा श्रावण १३ -१४ गते काठमाडौंमा सम्पन्न प्रतियोगितामा नेपाल राष्ट्रिय कर्मचारी संगठनलाई सडेन डेथमा २-१ ले हराउदै शिक्षक संगठनले उपाधि जितेको हो । 

    3.jpg

    त्यस अघि निर्धारित गरिएको समयमा दुवै टिमले ३ -३ गोलको बराबरी खेलेका थिए । 

    १५ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल कृषि विकास कर्मचारी संघले तृतिय स्थान प्राप्त गरेको थियो । खेल अवधिभर आकर्षक खेल प्रस्तुत गरेका शिक्षक संगठनकै निराज महर्जन उत्कृष्ट गोलकर्ता घोषित भए । 

    2.jpg

    विजयी टोलीमा सुरेन्द्र कुमार घिमिरे, शुक्र थापा, श्याम कुमार महर्जन, टिका कुमार खॅड्का, विजय तामाङ, नवराज सञ्जेल, निराज महर्जन, दिल कुमार महर्जन, प्रेमराज गुरुङ, सन्तोष थापा, अमृत कार्की, रुपचन्द्र विष्ट र समर्पण आले रहेका थिए । 

    सहिद स्मृति दिवसको सन्दर्भ पारेर कर्मचारी संगठनले सप्ताहव्यापी कार्यक्रमको स्पमा हाजिरिजवाफ, वक्तृत्वकला लगाएतका विविध प्रतियोगिता संचालन गरेको थियो । 

    1.jpg

    २०८०, श्रावण १५ सोमवार०८:५९:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार