राष्ट्रिय सभा बैठक स्थगन

राष्ट्रिय सभा बैठक स्थगन

२०८०, श्रावण १८ बिहिवार

  • 629
    SHARES

  • राष्ट्रिय सभा बैठक स्थगन

    काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । नेकपा (एमाले) को अवरोधपछि आज (बिहीबार) को बैठक स्थगित गरिएको हो । राष्ट्रिय सभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपराह्न १ बजेर १ मिनेटमा बस्नेछ ।

    आजको बैठक प्रारम्भ हुने बित्तिकै नेकपा (एमाले0 का सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाए । “सुन तस्करी प्रकरणबारेमा सत्यतथ्य छानबिन गरी यर्थाथ बाहिर ल्याउनुपर्छ”, उनले भने, “दोषीलाई छानबिन गरी कानुनी दायरामा नल्याएसम्म संसद् चल्न सक्दैन, सरकारलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह छ ।” उनले यही साउन ३ गते एक टनभन्दा बढी सुन नेपाल भित्रिएको विषयलाई हलुकारुपमा हेर्न नहुने बताए ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुन तस्करका विषयमा संसद्को गम्भीर ध्यानाकर्षण भएको र  उक्त विषय छलफल र संवादबाट समाधान गर्न पटक–पटक आग्रह गरे । उनले जनतासमक्ष आफ्ना कुरा राख्नका लागि शून्य समय, विशेष समय भएको र त्यसमार्फत भनाइ राखेर संसद् सञ्चालन हुन दिन आग्रह गरेका थिए। अध्यक्ष तिमिस्लिनाको आग्रहपछि पनि एमालेले अवरोध जारी राखेपछि आजको बैठक स्थगित भएको हो ।

    २०८०, श्रावण १८ बिहिवार०३:०१:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार