प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिस

प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिस

२०८०, श्रावण १८ बिहिवार

  • 705
    SHARES

  • प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिस

    काठमाडौं । सरकारले विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।

    बिहीबार बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए। अहिले हरिकृष्ण कार्की प्रधानन्यायाधीश छन्। उनको साउन २० गते समयावधि सकिँदैछ।

    त्यसअघि नै परिषदको बैठकले श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरेको हो। श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश हुनेछन्। संसदीय सुनुवाइबाट अनुमोदन भए उनी राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्।

    प्रधानन्यायाधीश नियुक्त भए उनको कार्यकाल एक वर्ष २ महिनाको हुनेछ। उनले २०८१ साल असोजको २० गते ६५ वर्षे उमेरहदका कारण अवकास पाउने छन्। श्रेष्ठ २०१६ साल असोज २० गते सुदूरपश्चिमको डोटी जिल्ला सदरमुकाम सिलगढीमा जन्मेका थिए।

    २०८०, श्रावण १८ बिहिवार०९:२६:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार