आँखा पाक्ने रोग लागे नआत्तिई उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

आँखा पाक्ने रोग लागे नआत्तिई उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

२०८०, श्रावण २५ बिहिवार

  • 937
    SHARES

  • आँखा पाक्ने रोग लागे नआत्तिई उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ ।

    मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिई घरमा बसेर उपचार गर्न आग्रह गरे। उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए।

    हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

    सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र सङ्क्रमित व्यक्ति भिडभाडमा हुने ठाउँरसार्वजनिक स्थानमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्न नहुने उनले बताए ।

    २०८०, श्रावण २५ बिहिवार०८:३०:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार