पशुपतिनाथ मन्दिरमा नयाँ भट्ट पुजारीमा श्री विनय अडिगा नियुक्त

पशुपतिनाथ मन्दिरमा नयाँ भट्ट पुजारीमा श्री विनय अडिगा नियुक्त

२०८०, श्रावण २५ बिहिवार

  • 1.5K
    SHARES

  • पशुपतिनाथ मन्दिरमा नयाँ भट्ट पुजारीमा श्री विनय अडिगा नियुक्त

    काठमाडौं । हिन्दुहरुका आराध्यदेव देवता श्री पशुपतिनाथ मन्दिरमा नयाँ भट्ट पुजारीका रूपमा श्री विनय अडिगा नियुक्त हुनुभएको छ ।

    मन्दिरको दक्षिण मुहारतर्फ भट्ट पुजारीको रुपमा रहनुभएका रामकारन्त भट्टले स्वास्थ्यको कारण दर्शाई राजिनामा दिनु भएपछि अडिगा भट्ट नियुक्त हुनु भएको श्री पशुपतिनाथ क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमूख गौरी शंकर पराजुलीले बताउनु भयो । 

    अडिगा पुजारी नियुक्तिका लागि पशुपति क्षेत्र संचालक परिषदले विज्ञापन खुलाई आवश्यक सबै प्रक्रिया पुरा गरि सरकारसमक्ष सिफारिस गरेको थियो । सोही बमोजिम कोषका संरक्षक समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिलिंगा ब्राम्हण परिवारका अडिगालाई ४ दिन अगाडि नियुक्त गर्नु भएको हो । 

    अडिगालाई पशुपतिनाथ मन्दिर प्रवेश गर्नुअघि ३ दिन रात गुप्तवास राखेर विभिन्न मन्दिरमा पुजा-अर्चना गर्नुपर्ने परम्परा अनुसार पवित्र वागमती नदिस्थित आर्यघाटमा प्रायश्चित समेत गराई भण्डारेश्वर, ताम्रेश्वर लगायतका प्राचिन शिवलिंगमा दर्शन गराईएको थियो ।

    दर्शन पश्चात मूलभट्ट श्री गणेश भट्टज्युले दिक्षा प्रदानगरि श्री महाज्योतिर् शिवलिंगको दर्शन गराई अडिगा पुजारीलाई मन्दिर प्रवेश गराइएको महाशाखा प्रमूख पराजुलीले बताउनुभयो । 

    २०८०, श्रावण २५ बिहिवार०९:४१:४४
    प्रतिक्रिया
    सम्बन्धित समाचार