काठमाडौँ– ढाका बस तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने

काठमाडौँ– ढाका बस तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने

२०७७, माघ ३ शनिवार

  • 1.9K
    SHARES

  • काठमाडौँ– ढाका बस तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने

    माघ ३, काठमाडौँ ।

    बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात(हवाई सडक) सम्बन्ध बढाउने काम भइरहेको बताएका छन् ।

    नेपाल बङ्गलादेश मैत्री सङ्घको आयोजनामा नेपाल बङ्गलादेश सम्बन्ध र व्यापार विषयमा भएको भर्चुअल मिटिङमा उहाँले काठमाडौँ– ढाका बस सेवा तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने जानकारी दिए ।  

    बङ्गलादेशका प्रा शेख महमुन्द एलोनले शिक्षा र स्वास्थ्यको विकासमा दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । डा जहरुल इस्लामले नेपाली विद्यार्थी मेहनती र इमान्दार रहेको जनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाललाई लगानी बढाउन सुझाव दिए ।

    प्रा डा अब्दुस सत्तरले दुई देशले भारतसँगको पनि सम्बन्ध अघि बढाएमा यातायात, कृषि, ढुवानी, वातावरणलगायत विषयमा सहज हुने विश्वास व्यक्त गरे ।

    डा इफ्तेखारुल हकले दुवै देशबीचको सम्बन्ध विकास व्यावहारिक रुपमा हुनुपर्ने बताए । डा के शेल्लीले महिला अधिकार र गरीबी उन्मूलनमा दुवै देशले सहकार्य गर्नुपर्नेमा जोड दिए ।  

    मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाल र सङ्घका बङ्गलादेश च्याप्टरका संयोजक इम्दादुल तैय्यव हकले सरकार, कूटनीतिक र जनता जनताबीचको सम्बन्ध, पर्यटन अभिवृद्धि तथा साहित्य, कला र संस्कृतिको विकासमा दुवै देशबीच आदानप्रदान गर्नुपर्ने सुझाव दिए ।

    सङ्घका सल्लाहकार धर्मराज बरालले एकार्काले  आआफ्ना धर्म,  कला र संस्कृतिको  सम्मान गर्नुपर्ने विचार व्यक्त गरे । बिहीबार साँझ भएको बैठकमा साहित्यकार तथा समाजसेवी भक्तराज रञ्जितले साहित्य एवं कलाको आदानप्रदान गर्दै  दुवै देशका जनता जागृत भई लाग्नुपर्ने धारणा राखे । 

    २०७७, माघ ३ शनिवार०६:५४:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार