काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी पार्टी प्रवेश गरेकी हुन् । ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् । तुलाधर एकिकृत समाजवादी पार्टीकी शिक्षा विभाग सह-इन्चार्ज समेत रहेकी समाजवादी गोप्य स्रोतले बतायो ।
पार्टी प्रवेश कार्यक्रममा बाबुराम थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बिष्णु भण्डारी लगायत एमाले ललितपुरका नेताहरु पनि थिए । उनीसहित एमाले प्रवेश गर्ने नेकपा एसका केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ ।
उनी एमाले राजनीतिमा हुँदा ओली समूह विरोधी मोर्चाको अग्र पंक्तिमा थिइन् । सोही कारण माधव नेपाल समूहमा रहँदै नेकपा एस पार्टीकी वेकल्पिक केन्द्रीय सदस्य बनेकी तुलाधर केहि समय अगाडिदेखि एमाले प्रवेश गर्ने साईतको खोजिमा थिइन् ।
पार्टी राजनीतिमा समाजवादीतिर पुगेपनि नेपाल शिक्षक महासंघको अध्यक्षमा भने तुलाधरले बाजी मार्न सफल भईन् ।
तत्कालिन महासंघका नेता बाबुराम थापा दाहिना हुँदा नेपाल राष्ट्रिय शिक्षक संगठनको कोटाबाट तुलाधर महासंघको अध्यक्ष बनेकी थिइन् ।