आज मन्त्रिपरिषद् हेरफेर गर्ने सरकारको तयारी, अनिता देवी मन्त्री बन्दै

आज मन्त्रिपरिषद् हेरफेर गर्ने सरकारको तयारी, अनिता देवी मन्त्री बन्दै

२०८०, श्रावण २८ आइतवार

  • 521
    SHARES

  • आज मन्त्रिपरिषद् हेरफेर गर्ने सरकारको तयारी, अनिता देवी मन्त्री बन्दै

    काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् ।

    जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्न लागेको र सम्भवतः आजै शपथ गराउने तयारी रहेको स्रोतले जनाएको छ ।

    जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकिएको छ ।

    २५ सदस्यीय मन्त्रिपरिषदमा जनमतलाई सहकारमा सहभागी बनाउँदा वर्तमान मन्त्रिपरिषद्का एक सदस्यलाई हटाउनु पर्नेछ । माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी ‘प्रचण्ड’को छ ।

    जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको नाम ‘हिट लिष्ट’मा छ । 

    त्यस्तै स्थायीकमिटी सदस्य हितमान तामांग पनि मन्त्री बन्ने अनुमान गरिएको छ । 

    २०८०, श्रावण २८ आइतवार०८:०७:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार