काठमाडौं । सर्वसाधारणको फोन तथा एसएमएसको सिधै पहुँच हुने टेरामक्स प्रविधि जवरजस्ती कार्यान्वयनमा ल्याउन खोजेको भन्दै एमालेले आपत्ति जनाएको छ ।
आइतबार पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले टेरामक्स प्रविधि सरकारले एकोहोरो ढङ्गले कार्यान्वयन गर्ने खोजको भन्दै घोर आपत्ति रहेको बताएका हुन् ।
उनले टेरामक्स सरकारको अधिकार भन्दा बाहिरको कुरा रहेको बताए । ‘व्यक्तिगत स्वतन्त्रता गोपनियता प्रतिको ठाडो हस्तक्षेप हो र यो अधिकारको विरुद्ध छ’ अध्यक्ष ओलीले भने ।
टेरामक्स गैरकानुनी रहेको भन्दै एमालेको विरोध रहेको ओलीले बताए ।