आज यी ४ प्रदेशमा मध्यम वर्षाको सम्भावना 

आज यी ४ प्रदेशमा मध्यम वर्षाको सम्भावना 

२०८०, श्रावण ३० मंगलवार

  • 657
    SHARES

  • आज यी ४ प्रदेशमा मध्यम वर्षाको सम्भावना 

    काठमाडौं । मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानभन्दा उत्तरतिर रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     

    २०८०, श्रावण ३० मंगलवार०७:५४:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार