संघीय शिक्षा ऐनको मस्यौदाविरुद्ध काठमाडौंका शिक्षक आन्दोलित

संघीय शिक्षा ऐनको मस्यौदाविरुद्ध काठमाडौंका शिक्षक आन्दोलित

२०८०, श्रावण ३० मंगलवार

  • 889
    SHARES

  • संघीय शिक्षा ऐनको मस्यौदाविरुद्ध काठमाडौंका शिक्षक आन्दोलित

    ताहाचल । काठमाडौंका शिक्षकहरु संघीय शिक्षा ऐनको मस्यौदाविरुद्ध आन्दोलित बनेका छन् । शिक्षा विकास तथा समन्वय इकाइमा उनीहरूले मंगलबार धर्ना दिएका छन् ।

    नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको संयोजनमा शिक्षकहरु आन्दोलित बनेका हुन् । राज्यले शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरु, विद्यालय कर्मचारी, बालशिक्षिका लगायत पेशाकर्मीहरुलाई उपेक्षा गरेको र पेशागत हितका सम्झौता बमोजिम शिक्षा ऐनको मस्यौदामा नसमेटिएको आन्दोलित शिक्षकहरूको गुनासो छ ।

    112.jpg

    निजामती कर्मचारीहरुको दाँजोमा शिक्षकलाई विभेद गरिएको पनि उनीहरूले बताउँदै आएका छन् । अस्थायी, करार, राहत शिक्षकहरुलाई दरबन्दीमा आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट स्थायी गरिनुपर्ने पनि उनीहरुले माग राखेका छन् ।

    श्रावण २८ गते पालिका स्तरिय आन्दोलन सम्पन्न गरेको महासंघले आज जिल्ला स्तरमा धर्ना तथा ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

    त्यस्तै, ३२ गते प्रदेश स्तरीय आन्दोलन रहेको महासंघले जनाएको छ । भाद्र १ गते व्यावस्थापिका तथा राष्ट्रिय सभाका सांसदलाई भेटेर ऐनका पक्षमा लविंग गर्न आग्रह गरेसँगै पहिलो चरणको आन्दोलन समापन हुने संघले बताएको छ । 

    २०८०, श्रावण ३० मंगलवार०९:५७:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार