काठमाडौं । नेपाल भारत मैत्रीसंघले ७७ औं स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
आजकै दिन १५ अगष्ट सन् १९४७ का दिन इष्टईण्डिया कम्पनीबाट स्वतन्त्र भएको दिनको स्मरण गर्दै मैत्रीसंघले काठमाडौंमा एक कार्यक्रम गरि शुभकामना आदानप्रदान गरेको हो ।
भारत स्वतन्त्र हुनुमा नेपाली जनताको पनि महत्वपूर्ण योगदान रहेको संघका पुर्व केन्द्रीय महासचिव शेखर गिरीले स्मरण गराए ।
प्रविधि तथा अनुशासित मेहनतबाट छोटो समयमैँ भारत समृद्ध बनेकोमा नेपालले पनि सोही किसिमले प्रगति गर्नुपर्नेमा आफ्नो जोड रहेको भारतिय दुतावासका प्रथम राजनीतिक सचिव नविन कुमारले बताए ।

संस्कृति, भाषा, सिमाना लगाएतका विषयमा भारतसँग सहकार्य गरेर नेपालले आर्थीक फड्को मार्ने गरि काम गर्नुपर्नेमा पुर्व भौतिक योजना तथा निर्माण मन्त्री रेणु यादवले बताइन् ।
लुम्बिनीदेखि गया, जनकपुरदेखि अयोध्या, रामदेखि सिता, सोमनाथदेखि मुक्तिनाथ सम्म नेपाल भारत बिच अद्भुत सम्त्रन्ध रहेको संघका सहअध्यक्ष शैलेन्द्र मोहन झाले जनाए ।
स्वतन्त्रता दिवसको अवसरमा नेपालका ६० भन्दा बढी जिल्लामा शुभकामना आदान प्रदान गरिएको संघले जनाएको छ ।