दक्षिण एसियाली तेक्वाण्डो च्याम्पिएनसिपमा मनिषाले जितिन् स्वर्ण पदक

दक्षिण एसियाली तेक्वाण्डो च्याम्पिएनसिपमा मनिषाले जितिन् स्वर्ण पदक

२०८०, श्रावण ३१ बुधवार

  • 865
    SHARES

  • दक्षिण एसियाली तेक्वाण्डो च्याम्पिएनसिपमा मनिषाले जितिन् स्वर्ण पदक

    काठमाण्डौ । बारा जिल्लाको निजगढ निबासी लिलाकुमारी सापकोटा ‘मनिषा’ले भारतको हैदरवादमा हालै भएको दक्षिण एसियाली च्याम्पिएनसिप आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् ।

    अगष्ट ४ देखि ६ सम्म सञ्चालन भएको प्रतियोगितामा पाँच ईभेन्टमा प्रतिस्पर्धा गरेकी मनिषाले जिरोगीको ४४ किलो तौल समुहमा स्वर्ण पदक पाएकी हुन ।

    अन्य चार ईभेन्टमा भने उनले ३ रजत र १ कास्य पदक हासिल गरेकी छिन् । प्रतियोगितामा भारत पहिलो भएको थियो भने नेपाली टोली दोस्रो र बंगलादेशको टोली तेस्रो भएको छ । प्रतियोगितामा मनिषासहित नेपालले कुल २२ स्वर्ण पदक जितेको थियो  ।

    निजगढ नगरपालिका वडा नम्बर ४ घर भएकी मनिषा हाल सशस्त्र प्रहरीमा कार्यरत छिन् । सापकोटाले बाग्देव तेक्वान्दो डोजाङबाट तेक्वाण्डो खेल सुरु गरेकी हुन् ।

     

    २०८०, श्रावण ३१ बुधवार०३:०७:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार