काठमाडौं । एफसी कप छनोटको प्ले अफ चरणबाटै नेपाली टोली मछिन्द्र बाहिरिएको छ। बुधबार राति भएको खेलमा मछिन्द्र क्लब भारतको मोहन बगान सुपर जायन्टसँग ३-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
भारतको कोलकातास्थित साल्ट लेक रंगशालामा मोहन बगानले सहज जित निकाल्द पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल थप्न सफल भयो। गत साता प्लेअफ चरणको पहिलो खेलमा भुटानको पारो एफसीलाई ३-२ ले हराउँदै मछिन्द्रले मोहन बगानसँगको भेट पक्का गरेको थियो।
मोहनबगानको जितमा अनवर अलीले २ गोल गर्दा जेसन कमिंग्सले १ गोल थपेका थिए। मछिन्द्रका लागि मेसुके ओलोमोउले एक गोल फर्काएपनि टिमलाई बराबरीका लागि समेत पर्याप्त भएन्। अब मोहन बगानले प्लेअफको फाइनलमा अवाहानी लिमिटेड ढाकाको सामना गर्ने छ। आजै भएको प्लेअफको अर्को खेलमा अवाहानीले क्लब इगल्सलाई २-१ ले पराजित गर्दै प्लेअफको फाइनल चरणमा स्थान पक्का गरेको थियो।