गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत

गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत

२०८०, भाद्र १ शुक्रवार

  • 501
    SHARES

  • गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत

    सिरहा । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको काँग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताउनुभएको छ ।

    आज सिरहाको गोलबजारमा नेपाली काँग्रसको जिल्लास्तरीय कार्यकर्ता भेलाको समापन समारोहमा उहाँले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने विश्वास व्यक्त गर्नुभयो ।

    “निर्वाचन अगाडि हामी एउटै गठबन्धन बनाएर लडेका थियौँ । बीचमा केही गडबड भयो । फेरि सँगसँगै आएका छौँ र सरकारले जनतामा उत्साह ल्याउने गरी राम्रो काम गरिरहेको छ”, मन्त्री महतले भन्नुभयो, “मलाई पूरा विश्वास छ, यो सरकारले पूरा समय परिणाम दिने गरी काम गर्नेछौँ ।”

    उहाँले पूँजीगत रकमका आकार सानो भएकाले साना योजनामा रकमान्तर गर्न नसकेको स्वीकार गर्नुभयो । तराई मधेसको कृषिको विकासका लागि सुनकोसी–मरिण डाइभर्सन र कमला सिँचाइ आयोजनालाई सरकारले उच्च महत्त्व दिएर लागिपरेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

    समारोहमा मन्त्री महतले कार्यकर्तालाई काँग्रेसको संस्थागत निर्णयमा एकताबद्ध भएर लाग्न आह्वानसमेत गर्नुभयो ।

    २०८०, भाद्र १ शुक्रवार०६:५५:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार