साना व्यवसायीलाई विमा रकम भुक्तानी गर्न अदालतको आदेश

साना व्यवसायीलाई विमा रकम भुक्तानी गर्न अदालतको आदेश

२०७७, माघ ३ शनिवार

  • 1.7K
    SHARES

  • साना व्यवसायीलाई विमा रकम भुक्तानी गर्न अदालतको आदेश

    माघ ३, लण्डन ।

    बेलायतको सर्वोच्च अदालतले लकडाउनका कारण मर्कामा परेका साना व्यवसायीहरूलाई विमा रकम भुक्तानी गर्न आदेश दिएको छ । 

    गत बर्ष भएको पहिलो चरणको लकडाउनको बेलाको रकम भुक्तानी गर्न अदालतले शुक्रबार आदेश दिएको हो । त्यस्तो रकम झण्डै १६ लाख अमेरिकी डलर हुने पनि जनाइएको छ ।

    प्रभावित व्यवसायीक प्रतिष्ठानहरूको सहयोगमा आर्थिक नियमनकर्ताहरूले रकम भुक्तानीको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेका थिए । 

    आर्थिक आचरण प्राधिकरण (एफसीए) नामक निकायका अधिकारीले साना व्यवसायीको १.२ पाउण्ड रकम अहिले भुक्तानी नभएको उल्लेख गरेका छन् ।

    प्राधिकरणको मुद्दाको पक्षमा फैसला गर्दै सर्वोच्च अदालतका न्यायाधीश निकोलस ह्याम्ब्लेनले फरक फरक ६० विमा कम्पनीबाट तीन लाख ७० हजार विमाधारक प्रभावित भएको बताए ।  

    अदालतको फैसलाले विमा भुक्तानीका लागि दावी गर्न मार्ग प्रशस्त गरेको एफसीएका कार्यकारी निर्देशक शेल्डन मिल्सको भनाई छ । 

    “अदालतको आदेशलाई सरकारले पनि स्वागत गरेको छ । सर्वोच्च अदालतको यो आदेश अत्यन्त स्वागतयोग्य छ,” व्यापार राज्य मन्त्री क्वासी क्वार्टेङले भने ।- एजेन्सी । 

    २०७७, माघ ३ शनिवार०७:११:५५
    प्रतिक्रिया
    सम्बन्धित समाचार