काठमाण्डौं महानगरले कक्षा-१० सम्मका विद्यार्थीलाई खाजा खुवाउने

काठमाण्डौं महानगरले कक्षा-१० सम्मका विद्यार्थीलाई खाजा खुवाउने

२०८०, भाद्र ३ आइतवार

  • 973
    SHARES

  • काठमाण्डौं महानगरले कक्षा-१० सम्मका विद्यार्थीलाई खाजा खुवाउने

    काठमाडौ । काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।

    गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार सङ्घीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी १५ रुपैयाँ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि १० रुपैयाँ थप गरेर २५ रुपैयाँ बनाएको थियो ।

    सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरले १५ रुपैयाँ थप गरी ३० रुपैयाँ पुर्‍याएको कोइरालाले बताए ।

    २०८०, भाद्र ३ आइतवार०५:००:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार