काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले मंगलबारका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। बैठक मंगलबार बिहान ८ बजे राष्ट्रपति भवन शितल निवासमा बस्ने छ।
पोखरेलका अनुसार संसद्को गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रपतिले दलहरुसँग छलफल गर्न लाग्नुभएको हो ।
नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ।
पटक–पटकको छलफलपछि पनि संसद् अवरोध खुलाउने विषयमा दलहरुबीच समझदारी नबनेपछि राष्ट्रपति पौडेलले दलहरुको बैठक बोलाउनुभएको हो ।