प्रमुख प्रतिपक्षी माग पूरा, सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउने सहमति

प्रमुख प्रतिपक्षी माग पूरा, सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउने सहमति

२०८०, भाद्र ५ मंगलवार

  • 725
    SHARES

  • प्रमुख प्रतिपक्षी माग पूरा, सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउने सहमति

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको दोस्रो दिनको सर्वदलिय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ ।

    सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा सहमति जुटेको प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक पदम गिरीले बताए।

    सरकार र प्रमूख प्रतिपक्षी सहित बसेको बैठकले समिति बनाएर जानेकुरामा सहमति गरेका हुन् । समितिका सम्बन्धमा उच्चस्तरीय समिति कस्तो बनाउने भन्नेमा सुवास नेम्वाङ, हीतराज पाण्डे र रमेश लेखकको तीन सदस्यीय समिति बनाइएको बताए।

    उनले भने, ‘हामीले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनाउने कुरा राख्यौँ । यसमा सरकारले पनि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा तयारी छौँ भन्ने कुरा आएको छ । दलका नेताको तर्फबाट पनि सहमति भएको छ । त्यसमा केही ड्राफ्ट गर्नुपर्ने भएको हुनाले, सुवास नेम्वाङ माननीय, हीतराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार पारेर भोलि बिहान ११ बजेसम्म तयार पारेर त्यसको फाइनल रुप दिने र भोलि २ बजे शिर्ष नेताको बैठक बस्ने सहमति भएको छ । भोलिसम्म सहमतिमा पुग्छ । भोलिसम्म सरकारले अहिले हामी तयार छौँ भनेको कुरा उभियो भने प्रतिवद्ध रह्यो भने खुल्छ ।’

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय समिति बनाउने सहमति जुटेको र सहमति ड्राफ्ट गर्ने चरणमा पुगेको बताए।

    उनले भने, ‘सहमति ड्राफ्ट गर्ने चरणमा पुग्यो, सहमति भयो । नेताहलाई जिम्मा दिएको छ । भोलि संसद खुल्नेमा विश्वस्त छु ।’

    सत्तारुढ दल नेपाली काँग्रेसमा प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको र सबै विकल्पका बारेमा छलफल भएको बताए।

    उनले भने, ‘छलफल भएको छ, सकारात्मक छ । सबैकुरा आएका छन् । सबै विकल्पमा सम्भावनामा छलफल भएको छ । भोलि बसेर टुंगोमा लैजानेछौँ।’

    बैठक भोलि पुनः सर्वदलीय बैठक ११ बजे बस्ने र शिर्ष नेताहरुको बैठक २ बजे बस्ने बताइएको छ ।

    २०८०, भाद्र ५ मंगलवार०७:३९:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार