रुसको वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु

रुसको वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु

२०८०, भाद्र ७ बिहिवार

  • 885
    SHARES

  • रुसको वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु

    काठमाडौँ । विमान दुर्घटना हुँदा रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुखसहित १० जनाको मृत्यु भएको छ ।

    बुधबार राति रुसको तेवेर शहरमा विमान दुर्घटना हुँदा वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनसहित विमानमा सवार १० जनाकै मृत्यु भएको हो ।

    बुधबार राति रुसको तेवेर शहरमा विमान दुर्घटना हुँदा वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनसहित विमानमा सवार १० जनाकै मृत्यु भएको हो ।

    यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्नेबारे एकिन विवरण आई नसकेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

    वागनर भाडाका सैनिकहरूको समूह हो । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ । यद्यपि युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरूलाई पर्याप्त हतियार नदिएको भन्दै वागनर समूह असन्तुष्ट थियो । -एजेन्सी । 

    २०८०, भाद्र ७ बिहिवार०८:३४:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार