टी-२० अन्तर्राष्ट्रिय शृंखला : नेपालले आज हङकङसँग खेल्दै

टी-२० अन्तर्राष्ट्रिय शृंखला : नेपालले आज हङकङसँग खेल्दै

२०८०, भाद्र ९ शनिवार

  • 905
    SHARES

  • टी-२० अन्तर्राष्ट्रिय शृंखला : नेपालले आज हङकङसँग खेल्दै

    काठमाडौँ । मलेसियामा जारी चार देश सहभागी महिला टी-२० आई सिरिजको फाइनलमा आज नेपाल र हङकङबीच खेल हुँदैछ।

    अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो ।

    शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो। 

    नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेटरनरेट ०.८५३ छ। अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो।

    हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। 

    २०८०, भाद्र ९ शनिवार०८:२८:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार