बौद्धनाथ क्षेत्रविकासको छात्रवृत्ति योजनामा दोव्वर आवेदन

बौद्धनाथ क्षेत्रविकासको छात्रवृत्ति योजनामा दोव्वर आवेदन

२०८०, भाद्र ९ शनिवार

  • 1.4K
    SHARES

  • बौद्धनाथ क्षेत्रविकासको छात्रवृत्ति योजनामा दोव्वर आवेदन

    काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौंको शैक्षिक कार्यक्रम अन्गर्गत कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि क्षात्रवृत्ति योजनाका लागि माग संख्या भन्दा निकै बढी ७० विद्यार्थीको आवेदन परेको छ ।  

    समितिले नगरपालिकाको वडाभित्र रहेका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने ३७ जना छात्रछात्रालाई क्षत्रवृत्तिका लागि श्रावण मसान्तसम्म आवेदन माग गरेको थियो ।

    आवेदनका लागि महानगरको ६ नं वडाभित्र रहेका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने गरिव, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई श्रावण १० गते आव्हान गरिएकामा निर्धारित समय भित्र ७० छात्रछात्राको आवेदन परेको क्षेत्र विकास समितिका सदस्य तथा शिक्षा समिति संयोजक पशुपतिनाथ (श्याम) प्रसाद खतिवडाले बताए । 

    आएका सम्पूर्ण निवेदनको वास्तविक अवस्था, लक्षित वर्गका छात्रछात्राले आवेदन गरे नगरेको र सम्बन्धित विद्यालय तथा कलेजको शिक्षाको गुणस्तर समेत अध्ययन गरि आगामी हप्ता भित्र क्षात्रवृत्ति वितरण गरिने खतिवडाले जनाए ।

    विकास र सिर्जनाको क्षेत्रमा नयाँनयाँ काम गर्न उत्साही देखिने विकास समितिका अध्यक्ष राजकुमार लामाको प्रयास स्वरुप आएको क्षात्रवृत्ति योजनालाई अझ व्यापक बनाउनु पर्ने सरोकारवालाको भनाई रहेको छ । 

    २०८०, भाद्र ९ शनिवार०२:००:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार