विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले धार्मीक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाएका हुन्।
‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ। परिस्थिति धार्मिक खासियत लडखडाएको छ।’ कोईरालाले भनेका छन् ।
पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने बताएका नेता कोइरालाले भने, ‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिदैन। संविधानमा लेखिएका कुरा बाहिर कदापी स्वीकार्य हुँदैन। कुनैपनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन।’
उनले मुलुकको राजनीति कता मोडिएको भन्दापनि अफ्टयारो परिस्थितीमा गएकोमा चिन्तित भएको बताए।
नेता कोइरालाले भने, ‘देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउछु भनेर अभिव्यक्ति दिए। त्यो कत्तिको उचित होरु’ जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ।’