संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन आज हुने

संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन आज हुने

२०८०, भाद्र १० आइतवार

  • 681
    SHARES

  • संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन आज हुने

    काठमाडौं । संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरूप निर्वाचन प्रक्रिया अघि बढेको हो।

    समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

    हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ।

    प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति रहेका छन् ।

    त्यस्तै, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिले पनि सोमबार नयाँ नेतृत्व प्राप्त गर्ने छ।

    समितिका सभापति चयन गर्न प्रतिनिधिसभाका सभामूख देवराज घिमिरेले राजनीतिक दललाई ताकेता गर्दै आएका थिए । 

    २०८०, भाद्र १० आइतवार०७:५७:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार