नेपाली क्रिकेट ऐतिहासिक क्षणमा, आज विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै

नेपाली क्रिकेट ऐतिहासिक क्षणमा, आज विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै

२०८०, भाद्र १३ बुधवार

  • 749
    SHARES

  • नेपाली क्रिकेट ऐतिहासिक क्षणमा, आज विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै

    काठमाडौं। एसियाको सबैभन्दा ठुलो एकदिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता एसिया कपमा बुधवार नेपालले विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै छ।

    नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो। समूहको नेपालले पाकिस्तानबाहेक भारतसँग पनि खेल्ने छ।

    पाकिस्तानको मुल्तानमा अपराह्न ३ः१५ मा सुरु हुने खेलमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन्।

    उनले आफ्नो टोली पाकिस्तानभन्दा अनुभवमा मात्र पछाडि रहेको उल्लेख गर्दै टिम क्षमतावान खेलाडीहरूले भरिएको बताएका छन्। यता पाकिस्तानका कप्तान बाबर आजमले कुनै पनि टोलीलाई आफूले कमजोर नआँक्ने बताएका छन्।

    २०८०, भाद्र १३ बुधवार०७:४६:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार