विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदले एमसीसी अनुमोदन गरेको भन्दै यो कार्यान्वयनमा जाने बताएका छन् ।
विराटनगरमा विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौताका विषयमा १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताए । एमसीसी पास गराउन संसदमा ल्याइएको १२ वुदेँ व्याख्यात्मक टिप्पणी जनता झुक्याउनमात्रै आएकाले यसको कुनै अर्थ नरहेको उनले बताए ।
एमसीसीको पास गराउने क्रममा ल्याइएको व्याख्यात्मक टिप्पणी नेपाली ससंदका लागि धोकामात्र भएको उनको भनाई थियो ।अध्यक्ष ओलीले राजनीतिक स्वार्थका नाममा धार्मिक सद्भाव बिथोल्ने कार्य कसैले गर्न नहुने बताए ।
हिमाल पहाड तराई मधेसका सबै जातजाति समुदायको बीचको एकता बिथोल्ने प्रयास भइरहेकाले त्यसतर्फ नेपाली जनता सजग र सचेत हुन आवश्यक रहेको उनले बताए । नेपालमा जारी भएको चुच्चे नक्सा नै नेपालको आधिकारिक र वास्तविक नेपालको नक्सा भएको उनको भनाई थियो ।
हरेक विषयमा माओवादी पार्टीले अहिले समस्या सृजना गरिरहेको भन्दै उनले सरकारको नेतृत्वगर्ने पार्टीले यस्तो कार्य गर्न नसुहाउने बताए । कोशी प्रदेश सरकारको विषयमा बोल्दै उनले अब नेकपा एमालेको नेतृत्वमा कोशी प्रदेशमा सरकार बन्ने र त्यही सरकारले बहुमतको आधारमा विश्वासको मत पाउने दाबी गरे ।