आइसिसी महिला टी - २० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

आइसिसी महिला टी - २० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

२०८०, भाद्र १४ बिहिवार

  • 993
    SHARES

  • आइसिसी महिला टी - २० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

    काठमाडौँ । मलेसियामा आजबाट सुरु महिला टी-ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात  गरेको छ । 

    मलेसियाको बायोमास ओभल मैदानमा विजयी सुरुआत गर्ने क्रम नेपालले घरेलु टोलीलाई ५ रनले पराजित गरेको हो । 

    नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो । 

    मलेसियाका लागि उनिफ्रेड दुराईसिंघमले सर्वाधिक २८ रन बनाइन् । 

    नेपालका लागि कविता कुँवर र कविता भट्टले समान २र२ तथा रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले समान १र१ विकेट लिइन् । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो । 

    नेपालका लागि ओपनर सिताराना मगरले ५४ बलमा १ चौकाको सहयोगमा अविजित ३८ रन बनाइन् । 

    अप्सरी बेगमले १७ तथा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाकी एना हमिजाले २ विकेट लिइन् । 

    यस प्रतियोगितामा एशिया क्षेत्रका ११ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । 

    प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । 

    दोस्रो खेलमा नेपालले शुक्रबार बहराइनसँग खेल्नेछ । 

    २०८०, भाद्र १४ बिहिवार११:१३:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार