शुक्रबार सार्वजनिक बिदा अवज्ञा गर्ने विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने

शुक्रबार सार्वजनिक बिदा अवज्ञा गर्ने विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने

२०८०, भाद्र १६ शनिवार

  • 929
    SHARES

  • शुक्रबार सार्वजनिक बिदा अवज्ञा गर्ने विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ १५ गते सरकारले दिएको सार्वजनिक बिदामा केही विद्यालयले अवज्ञा गरेकामा कारबाही गर्ने भएको छ ।

    महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले एक विज्ञप्तिमा जारी गर्दै महानगरको सूचना उल्लंघन गर्दै बिदा नदिइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै स्थानीय सरकारले गरेको निर्णय पालना नगरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएका छन् ।

    ‘स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रुपमा पालना गर्न सबैमा अनुरोध गर्दै यो सूचना विपरीत गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।

    metro-1.jpg

    २०८०, भाद्र १६ शनिवार०७:५९:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार