राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस वागमती प्रदेश अध्यक्षमा निर्वाचित

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस वागमती प्रदेश अध्यक्षमा निर्वाचित

२०८०, भाद्र १६ शनिवार

  • 817
    SHARES

  • राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस वागमती प्रदेश अध्यक्षमा निर्वाचित

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

    सङ्घको शुक्रवार सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्ष खड्कासहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पारस आफना प्रतिद्वन्द्वी उमेश पियालाई नौ मतको अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । पारसले २३ मत प्राप्त गर्दा उमेशले १४ मत प्राप्त गर्नुभएको थियो ।

    पारस काठमाडौँ जिल्ला क्रिकेट सङ्घका कार्यसमिति सदस्य तथा उमेश चितवन जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष हुनुहुन्छ । त्यसैगरी २३ मत प्राप्त गर्नुभएका प्रेमबहादुर क्षेत्री उपाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी रूपक रञ्जितले १४ प्राप्त गर्नुभएको थियो ।

    यसैगरी सचिवमा प्रशन्न शाक्य निर्वाचित हुनुभयो । उहाँले २३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी प्रज्वल सापकोटाले १४ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी हुनुभयो । त्यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्याल निर्वाचित हुनुभयो ।

    महिला सदस्यामा भने निरा राजोपाध्याय निर्विरोध निर्वाचित हुनुभयो । मतदानमा छ जिल्लाका २४ र निवर्तमान कार्यसमितिका १३ सदस्य गरी कूल ३७ मत खसेको थियो ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रिय चुनाव आगामी असोज पहिलो साता हुँदैछ । त्यसअघि ४५ जिल्ला र सात प्रदेशको निर्वाचन सम्पन्न भएको छ ।

    २०८०, भाद्र १६ शनिवार०८:२३:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार