‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

२०८०, भाद्र १७ आइतवार

  • 729
    SHARES

  • ‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

    सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।

    २०८०, भाद्र १७ आइतवार०८:५७:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार