कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमाथिको सुनुवाई पूर्ण इजलासमा हुने निर्णय

कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमाथिको सुनुवाई पूर्ण इजलासमा हुने निर्णय

२०८०, भाद्र १७ आइतवार

  • 677
    SHARES

  • कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमाथिको सुनुवाई पूर्ण इजलासमा हुने निर्णय

    काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनको सुनुवाई पूर्ण इजलासबाट गर्ने भएको छ । 

    न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिट निवेदनको सुनवाई पूर्ण इजलासमा गर्न आदेश दिएको हो । 

    सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिट निवेदनको सुनुवाई पूर्ण इजलासमा पठाउने आदेश भएको जानकारी दिए । 

    यो आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिट निवेदन अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा सुनुवाइ हुनेछ । 

    मुख्यमन्त्री थापाविरुद्धको रिट निवेदन भोलिदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । 

    इजलासबाटै सुनुवाईका लागि मिति तोकिएर आजको संयुक्त इजलासमा सुनुवाई गर्न सर्वोच्चले पहिलो प्राथमिकतामा राखेको थियो ।

    यसअघि शुक्रबार सुनुवाइका लागि पेशी तोकिए पनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा ‘हेर्न नमिल्ने’ भएपछि सुनुवाई हुन सकेको थिएन ।

    सभाको अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरी विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको भन्दै एमालेले रिट दायर गरेको हो। 

    रिट निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले भदौ ७ गते कारण देखाऊ आदेश जारी गरेका थिए । 

     

    २०८०, भाद्र १७ आइतवार०२:२९:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार