गुणस्तरिय शिक्षाका लागि प्रशिक्षण चलाउँदै काठमाडौं शिक्षक संघले मनायो तिज

गुणस्तरिय शिक्षाका लागि प्रशिक्षण चलाउँदै काठमाडौं शिक्षक संघले मनायो तिज

२०८०, भाद्र १८ सोमवार

  • 1.6K
    SHARES

  • गुणस्तरिय शिक्षाका लागि प्रशिक्षण चलाउँदै काठमाडौं शिक्षक संघले मनायो तिज

    काठमाडौ । नेपाल शिक्षक संघ काठमाडौ जिल्ला कार्य समिति महिला विभागले “गुणस्तरीय शिक्षामा महिला शिक्षकको भुमिका” र तीज विशेष कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति सबुज कृष्ण बानियाको प्रमुख आतिथ्यतामा एक समारोहका बीच सम्पन्न गरेको छ । 

    उक्त कार्यक्रममा  “गुणस्तरीय शिक्षामा महिला शिक्षकको भुमिका” विषयमा डा. रेणुका थापाले २०० जना महिला शिक्षकहरुलाई प्रशिक्षित गर्नु भएको थियो । 

    44.jpg

    सो कार्यक्रममा नेपाल शिक्षक संघका संघिय समितिका उपाध्यक्ष सुन्दर पन्त, उप महासचिव नारायण तिमिल्सिना, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुंवर, जिल्ला अध्यक्ष मन्जु श्रेष्ठ, पुर्व जिल्ला अध्यक्ष रविन महर्जनले गुणस्तरीय शिक्षामा महिला शिक्षकको भुमिका, वर्तमान शिक्षक आन्दोलन विषय तथा महिलाहरुको महान चाड हरितालिकाको उपलक्ष्यमा शुभकामना मन्तव्य दिनुभएको थियो । 

    नेपाल शिक्षक संघ काठमाडौ जिल्ला कार्य समिति उपाध्यक्ष तथा महिला विभागका संयोजक तारा बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम सचिव राजेन्द्र बुढाथोकीले संचालन गर्नु भएको थियो ।

    sab-2.jpg

     

    २०८०, भाद्र १८ सोमवार०८:०२:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार